गृहपृष्ठ क्रिकेट रंगशालाका लागि अल्का अस्पतालको २५ लाख सहयोग

क्रिकेट रंगशालाका लागि अल्का अस्पतालको २५ लाख सहयोग

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल २५ लाख रुपैयाँ सहयोग गरेको छ । रंगशाला निर्माण स्थलमा पुगेर अल्का अस्पतालका अध्यक्ष कुमार थापाले धुर्मुस‑सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।

फाउन्डेसनका सीताराम कट्टेल ‘धुर्मुस’ले थालेको एकल अभियानमा सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाले बताए । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर १६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ ।

रंगशाला निर्माणका लागि ३ अर्ब लागत अनुमान गरिएको छ । २० बिघा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ । रंगशालासँगै अभ्यासका लागि दुईवटा छुट्टै अभ्यास मैदान पनि बन्ने फाउन्डेसनले जनाएको छ ।

प्रकाशित समय ०७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु