गृहपृष्ठ सूर्यविनायकमा एनआईसी एशिया बैँकको विस्तारित काउन्टर स्थापना
सूर्यविनायकमा एनआईसी एशिया बैँकको विस्तारित काउन्टर स्थापना
एनआईसी एशिया बैँकले भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालयपरिसरमा विस्तारित काउन्टर स्थापना गरेको छ । विस्तारित काउन्टरको उद्घाटन पूर्वमन्त्री महेश बस्नेत, नगर प्रमुख वासुदेव थापा र बैँकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले संयुक्त रुपमा गरेका छन् ।
उद्घाटन कार्यक्रममा पूर्वमन्त्री बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ अघि बढाइरहेका बेला एनआईसी एशिया बैँकसँगको साझेदारीले थप सशक्त बनाउन मद्दत पु¥याउने बताए । त्यस्तै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले नगरपालिकाको सम्पूृर्ण बैँकिङ कारोबार व्यवस्थापन गर्ने जिम्मेवारी पाउनु खुसीको कुरा भएको बताए । नगर प्रमुख थापाले विस्तारित काउन्टरबाट नगरबासीले आधुनिक बैँकिङ सेवाका साथै कर्जा सुविधासमेत उपभोग गरेर लाभ लिन सक्ने जानकारी गराए । देशभर एनआईसी एशिया बैँकका ३३३ शाखा कार्यालय, ४७१ एटीएम, ९३ वटा एक्सटेन्सन काउन्टर र ७६ वटा शाखारहित बैंकिङ इकाइ छन् । बैँकले २२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
प्रकाशित समय ०७:१७ बजे

















