गृहपृष्ठ माछापुच्छ्रे बैँक र अग्नि इन्कर्पोरेटेबीच सम्झौता

माछापुच्छ्रे बैँक र अग्नि इन्कर्पोरेटेबीच सम्झौता

माछापुच्छ्रे बैँक र महिन्द्रा ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेबीच व्यावसायिक सम्झौता भएको छ । महिन्द्रा ब्रान्डका गाडी खरिद गर्न आउने ग्राहकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने गरी दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा माछापुच्छ्रे बैँकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार माछापुच्छ्रे बैँकले देशभरका शाखा कार्यालयबाट अग्नि इन्कर्पोरेटका देशभरका डिलरबाट सवारी साधान खरिद गर्न चाहने ग्राहकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु