गृहपृष्ठ कुमारी बैँकका एकसाथ ९ वटा शाखा कार्यालय स्थापना

कुमारी बैँकका एकसाथ ९ वटा शाखा कार्यालय स्थापना

कुमारी बैँकले एकसाथ ९ वटा शाखा कार्यालय स्थापना गरेको छ । बैँकले उपत्यकामा सातवटा तथा मोरङ र इलाममा एक/एक वटा शाखा कार्यालय स्थापन गरेको हो ।

उपत्यकाभित्रका सात शाखा बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भए पनि मोबाइल प्रविधिबाट ई-उद्घाटन बैँकको केन्द्रीय कार्यालयबाटै सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले गरे ।

मोरङको बेलबारी शाखा बैँकका सञ्चालक समिका सदस्य महेशप्रसाद पोखरेल र बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गरेका छन् । इलामको फिक्कल शाखाको उद्घाटन पनि बैँकका सञ्चालक समिका सदस्य महेशप्रसाद पोखरेल र सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले संयुक्त रुपमा गरे । उद्घाटन कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिनालगायत सम्बन्धित शाखा प्रबन्धकहरुको उपस्थिति थियो ।

यससँगै विगत १९ वर्षदेखि बैँकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैँकका देशभर १९२ शाखा सञ्जाल भएका छन् । बैँकले अन्य १५२ एटीएम, २२ शाखारहित बैँकिङ इकाइ र १३ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैँकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु