गृहपृष्ठ शिखर इन्स्योरेन्सद्वारा २९ प्रतिशत लाभांश घोषणा

शिखर इन्स्योरेन्सद्वारा २९ प्रतिशत लाभांश घोषणा

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई हकप्रदपछि कायम चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँको २७.७६९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.४६२ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । निर्जीवन बिमा कम्पनीहरूमध्ये अब्बल शिखर इन्स्योरेन्सले गत वर्ष ३०.५३ प्रतिशत लाभांश बाँडेको थियो ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु