गृहपृष्ठ साताभरमा २२ सय रुपैयाँ बढ्यो सुनको मूल्य
साताभरमा २२ सय रुपैयाँ बढ्यो सुनको मूल्य
साताभरमा २ हजार २ सय रुपैयाँले सुनको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य बिहीबार र शुक्रबारबाहेक अन्य दिन उकालो लागेको हो ।
आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ८ सय रुपैयाँ बढ्यो । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो । मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भयो ।
बुधबार मूल्य ३ सय रुपैयाँ वृद्धि भएर ९६ हजार ७ सय रुपैयाँमा खरिद-बिक्री भयो । बिहीबारका लागि छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको थियो । बिहीबार सुन ३ सय रुपैयाँले ओरालो लागेको हो । साताको अन्तिम दिन आज शुक्रबार भने सुन १ सय रुपैयाँ घटेको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन साताको पहिलो दिन आइतबार प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । आज अन्तिम दिन शुक्रबार तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहको छ ।
यो साता चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी ३५ रुपैयाँ वृद्धि भएर १ हजार ३३५ रुपैयाँमा कारोबार भयो । त्यसैगरी, मंगलबार मूल्य स्थिर रह्यो । बुधबारका लागि चाँदी ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको थियो ।
बिहीबार चाँदी १० रुपैयाँले ओरालो लागेर प्रतितोला १ हजार ३३० रुपैयाँमा खरिद-बिक्री भएको थियो । अन्तिम दिन शुक्रबार चाँदीको मूल्य स्थिर छ । शुक्रबार चाँदी बिहीबारकै मूल्य अर्थात् १ हजार ३३० रुपैयाँमै कारोबार भइरहेको छ ।
प्रकाशित समय १३:०९ बजे

















