गृहपृष्ठ हिंसा भड्काउन सक्ने भन्दै ट्विटरले बन्द गर्यो ट्रम्पको अकाउन्ट
हिंसा भड्काउन सक्ने भन्दै ट्विटरले बन्द गर्यो ट्रम्पको अकाउन्ट
ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द गरिदिएको छ । आगामी दिनमा पनि हिंसा भड्काउने क्रियाकलाप गर्न सक्ने भन्दै ट्विटरले ट्रम्पको अकाउन्ट स्थायी रुपमै बन्द गरिदिएको हो ।
केही दिनअघि मात्रै ट्रम्पले अमेरिकी संसदमा हिंसा भड्काउने खालका भिडियो ट्विटरमा राखेका थिए । ट्विटर दुरुपयोग गर्दै समर्थकलाई उक्साएपछि भड्किएको हिंसाले ट्रम्पलाई अमेरिकासहित विश्वभर थप आलोचित बनाएको थियो ।
ट्विटरले लेखेको छ, ‘हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले उनको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ ।’ यसअघि फेसबुकले पनि ट्रम्पको अकाउन्ट अनिश्चितकालका लागि बन्द गरेको थियो ।
प्रकाशित समय ०६:५६ बजे

















