गृहपृष्ठ विद्यालय बन्दकै कारण महामारी नियन्त्रण : अध्ययन

विद्यालय बन्दकै कारण महामारी नियन्त्रण : अध्ययन

स्विट्जरल्यान्डले वसन्त ऋतुमा विद्यालय बन्द गर्ने निर्णयलाई कोभिड‑१९ संक्रमणको गतिशीलता घटाउने र फैलावट रोक्ने सबैभन्दा प्रभावकारी उपाय भएको एक अध्ययनले देखाएको छ । ज्युरिचको ‘स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (ईटीएच)’ का अन्वेषकहरूले गत मार्चमा स्विट्जरल्यान्डका विद्यालय बन्द हुँदा कोभिड १९ को गतिशीलतालाई पाँच गुणा घटाउन सहज भएको बताएका छन् ।

विद्यालय बन्द भएपछि संक्रमणको गतिशीलता २१.६ प्रतिशतले घटेको  यस अध्ययनको नेतृत्व लिइरहेका प्रबन्ध सूचना प्रणालीका ईटीएच प्रोफेसर स्टीफन फ्युरेग्रिगलले जानकारी गराए । विद्यालय बन्द भएपछि गतिशीलता कम भएर कोभिड १९ का नयाँ संक्रमित दरलाई कम गरेको पुष्टि हाम्रो अध्ययनले देखाएको छ ।

उनको टोलीले गत वर्ष फेब्रुअरी १० देखि अप्रिल २६ बीच स्विस टेलिकम्युनिकेसनको कोभिड १९ संक्रमितको तथ्यांकमा विश्लेषण गरेको थियो । उक्त समूहले गतिशीलतामा पार्ने प्रभावहरूको मूल्यांकन गर्नका लागि फरक‑फरक उपाय अपनाएको थियो ।

स्विट्जरल्यान्डमा मार्च १६ मा विद्यालय बन्दसहित राष्ट्रव्यापी आंशिक बन्दाबन्दी घोषणा हुनुभन्दा पहिले नै विभिन्न २६ समूह बनाई कोभिड संक्रमणबारे अनुसन्धान थालेको थियो । यहाँ दुई महिनासम्म विद्यालय पूर्णरूपमा बन्द गरिएको थियो भने त्यसपछि क्रमशः खोलिएको थियो ।

अध्ययनबारे समूहबीच आपसी समीक्षा हुन अझै बाँकी छ यद्यपि विद्यालय बन्द भएपछि गतिशीलता घटाउन तेस्रो प्रभावकारी माध्यम बनेको अध्ययनको निष्कर्ष निकालेको छ ।

सबैभन्दा प्रभावकारी उपाय भनेको नागरिकलाई पाँचभन्दा बढीको समूहमा भेला हुन वा हिँडडुल गर्न नदिनु रहेको थियो । यो यहाँको संक्रमण दर नियन्त्रणमा २४.९ प्रतिशत प्रभावकारी बनेको थियो । त्यसैगरी, रेस्टुरेन्ट र बारका साथै दैनिक अत्यावश्यक सामग्री किनमेलबाहेकका पसलको बन्दका कारण २२.३ प्रतिशत संक्रमण दरलाई नियन्त्रण गर्न सफलता मिलेको थियो ।

प्राध्यापक फ्युरेग्रिगलले भने, ‘यो आश्चर्यजनक कुरा होइन कि विद्यालय बन्द भएका कारण नागरिकमा संक्रमण दर नियन्त्रणमा यति ठूलो प्रभाव पा‑यो, विद्यालय बन्द भएमा हाम्रा बानीहरूमा व्यापक परिवर्तन पाउँछौँ, विद्यालय बन्द हुनुको अर्थ बालबालिका घरमा रहन्छन् भन्नेमात्र होइन, यसले उनीहरूका अभिभावकको गतिशीलतामा पनि परिवर्तन गर्न बाध्य पार्छ ।’

महामारी नियन्त्रणका लागि विद्यालय बन्द गर्नुलाई विश्वभरि निकै विवादास्पद उपायका रूपमा चर्चा गरेको पनि पाइयो । तर, यसले बालबालिकालाई बिरामी हुनबाट हदैसम्म जोगायो । बालबालिकामा कोभिड १९ संक्रमणका घटना निकै कम रहने पनि बताइएको छ तर उनीहरूले भाइरस सार्न कति भूमिका खेले त ? यो कुरा अझै प्रस्ट भइसकेको छैन ।

ईटीएफको अध्ययनले पनि यसलाई सम्बोधन गर्दैन तर यसले मानिसहरूलाई गतिशील बनाउन र एक व्यक्तिबाट अर्कोमा पुग्न निकै नियन्त्रण ग‑यो । उनले भने, ‘हाम्रो विश्लेषणले यो पुष्टि गर्छ कि विद्यालय बन्द भएका कारण संक्रमण दरलाई कम भने पक्कै ग‑यो ।’ (रासस)

प्रकाशित समय ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु