गृहपृष्ठ जाजरकोटको कालीमाटीमा सिटिजन्स बैँकको शाखारहित बैँकिङ इकाइ
जाजरकोटको कालीमाटीमा सिटिजन्स बैँकको शाखारहित बैँकिङ इकाइ
सिटिजन्स बैँकले जाजरकोटको नलगाड नगरपालिकामा पर्ने कालीमाटीमा शाखारहित बैँकिङ एकाइ स्थापना गरेको छ । बैँकले पुस २४ गतेबाट १०७औँ शाखारहित बैँकिङ एकाइ कालीमाटीमा सुरु गरेको छ । सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी अमरबहादुर बोहरालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैँकिङ इकाइबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैँकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन् ।
बैँकले १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैँकिङ इकाइबाट करिब सात लाख ग्राहकलाई आधुनिक बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय ०८:१६ बजे

















