गृहपृष्ठ सिटी एक्सप्रेस मनी ट्रान्सफर भ्वाइस अफ नेपालको सह-प्रायोजक
सिटी एक्सप्रेस मनी ट्रान्सफर भ्वाइस अफ नेपालको सह-प्रायोजक
सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता भ्वाइस अफ नेपाल सिजन ३ को सह–प्रायोजक रहने घोषणा गरेको छ । कम्पनीले हिमालय एचडी टिभीबाट प्रसारण हुने कार्यक्रम भ्वाइस अफ नेपालको सह–प्रायोजकमा रहने निर्णय गरेको हो ।
हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले भ्वाइस अफ नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रमसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए । उनले सिटी एक्सप्रेसले जसरी देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सेवा प्रदान गर्दै आइरहेको छ, त्यसरी नै भ्वाइस अफ नेपालले पनि देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेको धारणा राखे ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय १६:४५ बजे

















