गृहपृष्ठ स्पेनिस सुपर कप : बार्सिलोनालाई हराउँदै बिल्बाओले जित्यो उपाधि

स्पेनिस सुपर कप : बार्सिलोनालाई हराउँदै बिल्बाओले जित्यो उपाधि

एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।

निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए । अतिरिक्त समयमा लियोनल मेस्सीले रातो कार्ड पाएपछि बार्सिलोनाका १० खेलाडीमा समेटिएको थियो । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए । बार्सिलोनाको फुटबल करियरमा मेस्सीको यो पहिलो रातो कार्ड हो ।

अतिरिक्त समयमा धकेलिनुअघि एन्टोनी ग्रीजम्यानले ४०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ४२औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर, खेलको ९०औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २-२ को बराबरीमा ल्याएका थिए । अतिरिक्त समयको तेस्रो मिनेट अर्थात् ९३औं मिनेटमा इनाकी विलियम्सले इकर मुनिएनको पासमा गोल गर्दै बिल्वाओलाई ३-२ को जित दिलाए ।

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु