गृहपृष्ठ विदेशबाट फर्किएकालाई लक्षित गरी टाटा मोटर्सको स्वावलम्बी अभियान सञ्चालन
विदेशबाट फर्किएकालाई लक्षित गरी टाटा मोटर्सको स्वावलम्बी अभियान सञ्चालन
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले विदेशबाट फर्किएका युवालाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत टाटा कमर्सियल गाडीको खरिदमा बिनाधितो ६ प्रतिशतभन्दा कम ब्याजदरमा ७५ प्रतिशतसम्मको फाइनान्स सुविधा प्राप्त हुनेछ । व्यावसायिक परामर्शको समेत व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सका अनुसार युवालाई स्वदेशमै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पु‑याएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ अभियान सार्वजनिक गरिएको हो । कम्पनीले युवाशक्तिमार्फत व्यवसाय र रोजगारी सिर्जना गरी आर्थिक समृद्धि हासिल हुने विश्वास लिएको छ । अभियानमा सहभागी हुन चाहनेले टाटा मोटर्सको सोरुममा गएर या घरैबाट ९८०११०७६०० नम्बरमा मिसकल दिएर थप जानकारी हासिल गर्न सक्नेछन् ।
प्रकाशित समय ११:३५ बजे

















