गृहपृष्ठ एनआइसी एशिया बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
एनआइसी एशिया बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
एनआइसी एशिया बैंक लिमिटेडको मंसिर २१ गते सम्पन्न २३औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको १ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता सेयर माघ २ गते नेप्सेमा सूचीकृत भएको हो ।
उक्त बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ । बोनस सेयर धितोपत्रको दोस्रो बजारमा माघ ५ देखि कारोबार गर्न मिल्नेगरी सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ । बैंकले मुलुकभर रहेका ३३९ शाखा कार्यालय, ४७१ एटीएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । आफूलाई मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको दाबी गर्ने बैंकको २२ लाखभन्दा बढी ग्राहक छन् ।
प्रकाशित समय १२:३० बजे

















