गृहपृष्ठ उपभोक्ता ठग्ने ११ व्यवसायीलाई कारबाही

उपभोक्ता ठग्ने ११ व्यवसायीलाई कारबाही

Anugaman_NewsKarobar फाइल तस्बिर ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने ११ जना व्यवसायीलाई एकैदिन कारबाही गरेको छ । विभागले बजार अनुगमनका क्रममा नियमविपरीत व्यवसाय गरिरहेका ११ व्यवसायीलाई एकैदिन कारबाही गरेको हो ।

विभागको कारबाहीमा पर्ने व्यवसायीहरुमा काठमाडौंका भण्डरी स्टोर, पिल्ग्रिम्स ग्रोसर, मतिना ट्रेडर्स, अधिकारी हार्डवेयर सेन्टर, एमएम खाद्य स्टोर, पशुपति खाद्यान्न स्टोर र श्यामदास श्रेष्ठ किराना पसल छन् । ललितपुरका तरुण एग्रो प्रालि, जस्मिन मिनी स्टोर, अञ्जली एन्ड अम्बिका स्टोर र पचली भैरव पानी प्रशोधन उद्योग पनि विभागको कारबाहीमा परेका हुन्् ।

कारबाहीमा परेका ११ जना व्यवसायीमध्ये विभागले आठ वटालाई ४ लाख रुपैयाँ जरिवाना गरेको छ । भण्डरी स्टोरलाई २ लाख ५० हजार, पिल्ग्रिम्स ग्रोसरलाई  ५ हजार र अधिकारी हार्डवेयरलाई १० हजार रुपयाँ जरिवाना गरेको छ ।

त्यस्तै पशुपति खाद्य स्टोरलाई ५ हजार, श्यामदास श्रेष्ठ किराना पसललाई ५ हजार, जस्मिन मिनी स्टोरलाई २० हजार, अञ्जली एन्ड अम्बिका स्टोरलाई ५ हजार र पचली भैरव पानी प्रशोधन उद्योगलाई १ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

मतिना ट्रेडर्स, तरुण एग्रो प्रालि र एमएम खाद्य स्टोरलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार व्यवसाय गर्न निर्देशन दिएको छ । विभागले खान अयोग्य वा म्याद सकिएको १ हजार ४० रुपैयाँबराबरको सामान तत्कालै नष्ट गरेको थियो । अनुगमनका क्रममा गलत ठहरिए विभागले व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कसुरबमोजिम कारबाही गर्ने गरेको छ ।

प्रकाशित समय १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु