गृहपृष्ठ प्रचण्ड-माधव पक्षद्वारा तेस्रो चरणको आन्दोलन घोषणा
प्रचण्ड-माधव पक्षद्वारा तेस्रो चरणको आन्दोलन घोषणा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलन गर्ने भएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित सहिदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली, २६ गते मसाल जुलुस र २८ गते काठमाडौंमा बृहत विरोध प्रदर्शनलगायत छन् । यसैगरी माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित समय ११:५८ बजे

















