गृहपृष्ठ सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा चार सय रूपैयाँले वृद्धि भई ९२ हजार ८ सय रूपैयाँ पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलाको मूल्य पनि ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तोलामा ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँ घटेको छ । तोलामा एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

प्रकाशित समय ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु