गृहपृष्ठ देशभर थप २८३ जनामा कोरोना पुष्टि, २४६ जना डिस्चार्ज
देशभर थप २८३ जनामा कोरोना पुष्टि, २४६ जना डिस्चार्ज
१३९ जना संक्रमित आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८२ पीसीआर परीक्षण गर्दा २८३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १२२, भक्तपुरमा ९ र ललितपुरमा १४ जना संक्रमित थपिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ रहेको छ । यसमध्ये १३९ जना संक्रमितको आईसीयूमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार बुधबार २४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ ।
प्रकाशित समय १७:१२ बजे

















