गृहपृष्ठ एक सय रूपैयाँ घट्यो सुनको मूल्य

एक सय रूपैयाँ घट्यो सुनको मूल्य

सुनको मूल्यमा बिहीबार सामान्य गिरावट आएको छ । छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु