गृहपृष्ठ उपत्यकामा भित्रियो बर्डफ्लु, फुटुङमा २५ सय घरपालुवा पन्छी नष्ट
उपत्यकामा भित्रियो बर्डफ्लु, फुटुङमा २५ सय घरपालुवा पन्छी नष्ट
विगत केही समययता भारतका विभिन्न राज्यमा फैलिएको बर्डफ्लु नेपालमा समेत भित्रिएको पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७, साङ्लेखोला, फुटुङमा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।
बर्डफ्लु संक्रमण पुष्टि हुनासाथै पशु सेवा विभागका प्राविधिकहरूले शनिबार २ हजार ५४४ हाँस, कुखुरा, टर्की र बट्टाई नष्ट गरेका छन् ।
विभागका अनुसार फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषणशालामा शुक्रबार रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु (एचफाइभएनएट) पुष्टि भएको हो ।
बर्डफ्लु पुष्टि भएपछि शनिबार नै त्यस क्षेत्रका १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।
विभागले कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन अथवा बिक्री स्थलमा अस्वाभिक रूपमा पन्छी बिमारी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचित गर्न सबैमा आग्रह गरेको छ ।

प्रकाशित समय १७:३९ बजे

















