गृहपृष्ठ ‘ओलीले चुनाव गराउलान् र लोकतन्त्र जोगाउलान् भन्ने भ्रममा नपरे हुन्छ’

‘ओलीले चुनाव गराउलान् र लोकतन्त्र जोगाउलान् भन्ने भ्रममा नपरे हुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कहिल्यै नसुध्रिने दावी गरेका छन् । धनगढीमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई सुधार्न खोजे पनि कहिलै नसुध्रिएको बताए ।

नेपालले मुलुकमा केपी ओली युग अन्त्यको घोषणा गरेका छन् । ‘केपी ओली युगको अन्त्य हुँदैछ । उनी अस्ताउँदो सूर्य हुन् । हामी उदाउँदो सूर्य हौं । नेपाल कम्युनिष्ट पार्टी चम्किएर आउँदैछ,’ नेपालले भने । ‘केपी ओलीसँग १ सय जना पनि केन्द्रीय सदस्य छैनन् । त्यो डुप्लिकेट पार्टी हो । त्यहाँ भविष्य छैन,’ नेता नेपालले भने, ‘सूर्य चिन्ह त्यही हुन्छ, जहाँ ३ सय केन्द्रीय सदस्य हुन्छन् । ओलीले चुनाव गराउलान् र लोकतन्त्र जोगाउलान् भन्ने भ्रममा नपरे हुन्छ । यदि तपाई लोकतन्त्रप्रति निष्ठावान हुनुहुन्छ भने ओलीबाट आशा नगर्नुस् ।’

प्रकाशित समय १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु