गृहपृष्ठ सेयर बजार बढ्यो, ७ अर्बको कारोबार

सेयर बजार बढ्यो, ७ अर्बको कारोबार

सेयर बजार परिसूचक नेप्से साताको दोस्रो दिन सोमबार ३७ अंकले उकालो लागेको छ । लघुवित्त र म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि बजार ३७.७ अंकले बढेर २४०८.२४ अंकमा उक्लिएको हो । होटल समूह सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ ।

सोमबार २०३ कम्पनीको १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता सेयर ६ अर्ब ९७ करोड रूपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा २ अर्ब कम हो । आइतबार ८ अर्ब ९७ करोडको सेयर कारोबार भएको थियो भने बजार ५४ अंकले घटेको थियो । हिजोको बजार घटाइलाई विश्लेषकहरूले करेक्सन भनेका थिए ।

आज सेञ्चुरी बैँक र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै पोखरा फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल, बेस्ट फाइनान्स, सिन्धु विकास बैँक र सेन्ट्रल फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सोमबार नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ५८ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सेञ्चुरी बैँकलगायत कम्पनी सर्वाधिक मूल्यको कारोबार हुनेमा शीर्ष स्थानमा छन् ।

प्रकाशित समय १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु