गृहपृष्ठ विद्युत प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दायर

विद्युत प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दायर

नेपाल विद्युत प्राधिकरण सर्लाही बरथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अख्यिारले उनीविरुद्ध ८ हजार बिगो रकम दाबीसहित मुद्दा दायर गरेको हो ।

विद्युत मिटरको क्षमता वृद्धि गर्ने प्रयोजनका लागि ८ हजार घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । भ्रष्टाचार निवारण ऐन २०५९ को उपदफा (१) को कसुर गरेको देखिएकाले सजायको मागदाबीसहित मंगलबार अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित समय २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु