गृहपृष्ठ महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार
महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार
घरेलु तथा साना उद्योग व्यवसायलाई महासंघको भिजन पेपरले मुख्य प्राथमिकता दिन्छ : अध्यक्ष गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डीबी बस्नेतको सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चुनिएका छन् ।
सदस्यहरुमा महासंघको कार्यकारिणी समिति सदस्यहरु तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कुँवर छन् । समितिका विशेष आमन्त्रितहरुमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल, काभ्रे उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीलाल राजभण्डारी, गैडाकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष लीलाबहादुर अधिकारी छन् ।
त्यस्तै बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य जनक खराल, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका महासचिव रामकुमार रायमाझी, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुसन महर्जन, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल, धुलिखेल उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शुभाषकाजी माकाजु, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य ज्ञानबहादुर तामा¨, फुटवेयर म्यानुफयाक्चर्स एसोसिएसन नेपालका सदस्य केदार बस्नेत, नेपाल मुद्रण उद्योग संघका गोपालप्रसाद ढकाल, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल र लिफप्लस प्रालिका प्रबन्धक हरि दाहाल पनि आमन्त्रित सदस्य चयन भएका छन् ।
समितिका सल्लाहकारहरुमा महासंघको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, उद्योग समितिका सभापति भरतराज आचार्य, मेला समितिका सभापति नरेन्द्र खड्का, स्थानीय आर्थिक विकास समितिका सभापति सुरकृष्ण वैद्य, स्टार्टअप एन्ड इनोभेसन समितिका सभापति रञ्जितराज आचार्य, नेपाल हब्र्स एन्ड हर्बल उत्पादक संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे, फुटवेयर म्यानुफयाक्चर्स एसोसिएसन नेपालका पूर्वअध्यक्ष रामकृष्ण प्रसाईं, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यद्वय खुसनारायण सैजु र लोकविक्रम थापा छन् ।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा सञ्चालित उद्योगधन्दामा साना तथा मझौला उद्योगको अंश करिब ८६ प्रतिशत रहेको बताए । ‘अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ, कोभिडको सबैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको देखिन्छ । साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन । यो क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ, त्यसमा समितिले गहन अध्ययनसहित सुझाव तयार गरोस्, तपाईंहरुले गर्ने गृहकार्यबाट आउने सुझाव महासंघले तयार गर्ने भिजन पेपरका लागि समेत सहयोगी होस् भन्ने चाहना छ,’ उनले भने ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले घरेलु तथा साना उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले के गर्दा यो क्षेत्रको प्रवर्धन गर्न सकिन्छ र यस क्षेत्रलाई निर्वाध सञ्चालनमा सहयोग गर्न सकिन्छ त्यसमा कार्य गर्न समितिलाई सुझाव दिए । समितिका सभापति बस्नेतको अध्यक्षतामा बसेको पहिलो बैठकले समितिमा प्रतिनिधित्व गर्ने सबै सदस्य संस्थाहरुमा नौ सदस्यीय घरेलु तथा साना उद्योग समिति गठन गर्ने, लगानी सहजीकरणका लागि बैँकर्स संघ र नेपाल राष्ट्र बैकसँग सहजीकरण गर्ने र घरेलु मझौला र साना उद्योगको तथ्यपरक अध्ययनसँगै कोभिड १९ बाट परेको प्रभावका बारेमा अध्ययन गर्न सहयोगी निकायको खोजी गर्ने निर्णय गरेको छ ।
प्रकाशित समय २०:१० बजे

















