गृहपृष्ठ कोपा इटालिया : उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने
कोपा इटालिया : उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने
कोपा इटालिया फुटबलको उपाधिका लागि एटलान्टा र युभेनट्सको भेट पक्का भएको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोलीलाई ३-१ गोलले पराजित गर्दै एटलान्टाले उपाधिका लागि युभेन्ट्ससँगको भेट तय गरेको हो ।
पहिलो लेगमा भने एटलान्टा र नापोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो लेगमा एटलान्टालाई जित दिलाउन माटियो पेसिनाले १६औं र ७८औं तथा डुभान जापटाले खेलको १०औं मिनेटमा गोल गरे । नापोलीका हिर्भिङ लोजानाले खेलको ५३ औं मिनेटमा सान्त्वना गोल फर्काए ।
एटलान्टा र युभेन्ट्सबीचको फाइनल खेल १९ मे मा हुनेछ । मंगलबार राति भएको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानसँग गोलरहित बराबरी खेलेपछि समग्रमा २-१ गोल अन्तरको नतिजासहित युभेन्ट्स उपाधि होडमा पुगेको हो ।
प्रकाशित समय ११:५१ बजे

















