गृहपृष्ठ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न निवासमा पुग्यो प्रहरी, कार्यकर्ताद्वारा नाराबाजी

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न निवासमा पुग्यो प्रहरी, कार्यकर्ताद्वारा नाराबाजी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने महानगरीय प्रहरी अपराध महाशाखाको टोली शंखमुलस्थित उनको निवासमा पुगेको छ । सोधपुछका लागि बोलाउँदा प्रहरीकहाँ झाँक्री नपुगेपछि महाशाखाको टोली झाँक्रीकै निवास पुगेको हो ।

प्रहरी टोली झाँक्रीको निवासमा पुगेपछि नेकपा कार्यकर्ताले नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले पक्राउ गर्न प्रहरीलाई घर छिर्न दिएका छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका विषयमा झाँक्रीलाई मुद्दा चलाउन सत्तापक्षीय नेकपा नेताहरुले प्रहरीमाथि दबाब सिर्जना गरेका छन् । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि झाँक्रीलाई पक्राऊ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अनेम संघले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

प्रकाशित समय १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु