गृहपृष्ठ चलचित्र अदालतमा एलिना
चलचित्र अदालतमा एलिना
नायिका एलिना बासकोटा दिनेश लिङ्देनले निर्माण गर्ने चलचित्र ‘अदालत’मा देखिने भएकी छिन् । सिने क्षेत्रमा प्रवेश गरेको छोटो समायमै सफलता हात पारेकी एलिनाले ‘अदालत’ खेल्ने विषय टुंगो लागिसकेको बताइएको छ ।
अदालतमा बासकोटाका अलावा नायक अजय खड्का, शान्ति, मदन, राजकुमार तथा रुद्र लगायतका कलाकारहरुको मुख्य भूमिका रहने जनाइएको छ । अदालत तथा समाजका विकृतिहरुलाई समेटेर निर्माण हुन लागेको चलचित्र पूर्ण पारिवारिक हुनेछ ।
प्रकाशित समय १३:११ बजे

















