गृहपृष्ठ कस्तो होला उद्घाटन खेल ?

कस्तो होला उद्घाटन खेल ?

रुसस्थित मस्कोको वजह्निकी रंगशालामा हुने उद्घाटन खेल आयोजक रुस र साउदी अरबका बीचमा हुँदैछ । फिफा र्यांकिङको ६५ नम्बरमा रहेको घरेलु टोलीले ६३ नम्बरको साउदी अरबको सामना गर्ने खेललाई धेरैले ‘कमजोर टोली’का बीचमा हुने प्रतिश्पर्धाका रुपमा हेरेका छन् ।

उद्घाटन खेल खेल खेल्ने रुस र साउदी अरब यस्ता प्रतिश्पर्धी हुन् जसले नकआउट चरणमा स्थान बनाउने सम्भावना न्यून रहेको भन्ने गरिन्छ ।

सोभियत संघले विश्वकपमा ७ पटक जनाएको सहभागितालाई समेत जोड्दा रुस दशौं पटक विश्वकपमा सहभागी हुँदैछ । सन् १९६६ मा गरेको प्रदर्शन रुसको हालसम्मकै सुखद प्रदर्शन हो, जसमा ऊ चौथो बनेको थियो । पछिल्लो समय रुसका लागि सुखद छैन । सन् २००६ र २०१० मा क्वालिफाई हुन नसकेको रुस २०१४ मा समुह चरणमै सीमित थियो ।

सन् २०१० र सन् २०१४ को विश्वकपमा क्वालिफाई हुन नसकेको साउदी अरब यो समेत पाँचौपटक विश्वकपमा सहभागिता जनाउँदैछ । अर्कातर्फ साउदी अरब यो विश्वकपमा धेरै ठूलो अपेक्षा नगरिएको टोली मध्यमा पर्छ । तर, जापान र अष्ट्रेलियाको विरुद्धमा दमदार प्रदर्शन गर्दै छनोट भएको साउदी अरबलाई कम आँक्न सक्ने अवस्थामा घरेलु टोली नरहन पनि सक्छ ।

 

प्रकाशित समय १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु