गृहपृष्ठ अनुमतिबिनै नेपाली आकाशमा भारतीय हेलिकप्टर

अनुमतिबिनै नेपाली आकाशमा भारतीय हेलिकप्टर

नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टरले परिक्रमा गरेको छ । दार्चुला सदरमुकाम खलंगाको आकाशमा भारतीय सेनाको हेलिकप्टरले परिक्रमा गरेको हो । वायु सीमाको उल्लंघन गर्दै नेपाल सरकारसँग अनुमति नै नलिर्इ भारतीय सेनाको हेलकप्टरले नेपाली आकाशमा परिक्रमा लगाएको हो ।
भारतीय सेनाको हेलिकप्टरले दार्चुलास्थित नेपाली सेनाको ब्यारेक, सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयआसपास कम उचाइबाट पटक-पटक परिक्रममा गर्ने गरेको पाइएको छ । भारतीय सेनाको हेलिकप्टरले नेपाली आकाशमा परिक्रमा गर्नुको कारण भने खुलाएको छैन । नियमविपरीत नेपाली आकाशमा भारतीय हेलिकप्टरले परिक्रमा गरेको विषयमा छानबिन गर्न स्थानीय सरोकारवालाले माग गरेका छन् ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु