गृहपृष्ठ ब्राजिलसँग कोस्टारिका २-० गोलले पराजित
ब्राजिलसँग कोस्टारिका २-० गोलले पराजित
विश्वकप फुटबलअन्तर्गत भर्खरै सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकालार्इ २-० गोलअन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक देखिएको खेलका दुवै गोल ब्राजिलले अतिरिक्त समयमा गरेको हो ।
ब्राजिलको जितमा कौटिन्हो र नेमारले एक-एक गोल गरे । अतिरिक्त समयको पहिलो मिनेटमै कौटिन्होले गोल गरे भने अन्तिम मिनेटमा डगलस कोस्टाको क्रसलाई नेइमारले गोलमा परिणत गरेका थिए । ब्राजिलले समूह चरणको पहिलो खेलमा स्विजरल्यान्डविरुद्ध १-१ गोलको बराबरी खेलेको थियो ।
समूह ‘इ’मा रहेको ब्राजिल दुई खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ ।
प्रकाशित समय १९:४१ बजे

















