गृहपृष्ठ प्रशासकीय अदालतसम्बन्धी विधेयक स्वीकृत
प्रशासकीय अदालतसम्बन्धी विधेयक स्वीकृत
फाइल तस्बिर
राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको तर्फबाट श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले प्रस्तुत गरेकाे उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृति दिएको हो ।
उक्त प्रस्तावमाथि सांसद रामनारायण बिडारी, राधेश्याम अधिकारी, विमला राई पौडेल, जितेन्द्रनारायण देव र वृशेषचन्द्र लालले कर्मचारीको सरुवा बढुवाका सम्बन्धमा पुनरावेदन जानेलगायत विषयलाई विधेयकमा परिमार्जन गरिनुपर्ने खाँचो अाैल्याएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार १० गते दिउँसो १ बजे बस्नेछ ।
(रासस)
प्रकाशित समय १९:२६ बजे
















