गृहपृष्ठ मुख्यमन्त्री शंकर पोखरेल र कृषिमन्त्री आरती पौडेलको छुपुछुपु हिलोमा रोपाइँ
मुख्यमन्त्री शंकर पोखरेल र कृषिमन्त्री आरती पौडेलको छुपुछुपु हिलोमा रोपाइँ
प्रदेश नम्बर ५ मा धान दिवसको रौनक
देशभर राष्ट्रिय धान दिवस मनाइँहदा प्रदेश नम्बर ५ को सरकारका मुख्यमन्त्री शंकर पोखरेल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले छुपुछुपु हिलोमा धान रोपेर धान दिवस मनाएका छन् । कृषि मन्त्रालयको आयोजना रुपन्देहीको सैनामैना नगरपालिका–१०, बाँसगढीमा रहेको भोजराज भण्डारीको खेतमा प्रदेशस्तरीय रोपाइँ महोत्सव गरिएको हो ।

बाजागाजासहित आयोजना गरिएको महोत्सवमा मुख्यमन्त्रीसहित अन्य विभागीय मन्त्रीहरु भौतिक योजना तथा पूर्वाधारमन्त्री बैजनाथ चौधरीलगायतको सहभागिता थियो । हजारौंको संख्यामा भेला भएको कृषक असारे भाका हाल्दै रोपाइँ महोत्सवमा भाग लिएका थिए ।
रोपाइँ महोत्सवका तस्बिरहरु



प्रकाशित समय १६:११ बजे

















