गृहपृष्ठ अर्जेन्टिनालार्इ ४–३ गोलअन्तरले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा
अर्जेन्टिनालार्इ ४–३ गोलअन्तरले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा
अर्जेन्टिनालार्इ ४–३ गोलअन्तरले हराउँदै फ्रान्स रूस विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाविरूद्ध फ्रान्सका बापेले ६३ र ६८अाैं मिनेटमा लगातार गोल गर्दै टिमलार्इ सुपर आठमा पुर्याएका हुन् । यसअघि, फ्रान्सका बि पाभर्टले ५७अाैं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफको ४८अाैं मिनेटमा ग्याब्रियल मर्काडोले गोल गर्दै अर्जेन्टिनालार्इ २-१ को अग्रता दिलाए पनि लामो समय टिक्न सकेन । यसअघि, फ्रान्सविरूद्ध अर्जेन्टिनाका डि मारियाले ४१अाैं मिनेटमा बराबरी गोल फर्काएका थिए । फ्रान्सका ग्रिजम्यानले १३अाैं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलार्इ सुरूवाती अग्रता दिलाएका थिए ।
अतिरिक्त समयमा अर्जेन्टिनाका सर्जियो अग्युरोले गोल गरे पनि टिमलार्इ हारबाट जोगाउन सकेनन् ।
प्रकाशित समय २१:३८ बजे

















