गृहपृष्ठ कलाकार अमृत महर्जन ओएस नेपाल अवार्डबाट सम्मानित
कलाकार अमृत महर्जन ओएस नेपाल अवार्डबाट सम्मानित
दुई दशकभन्दा लामो समयदेखि कलाकारिता तथा निर्देशन क्षेत्रमा क्रियाशील अमृत महर्जन दोस्रो ओएस नेपाल अवार्डबाट सम्मानित भएका छन् ।
दर्जनौं टेलिचलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री र नेवारी चलचित्रमा अभिनय तथा निर्देशन गरेका महर्जनले ओएस नेपाल अवार्डको नेपाल भाषा भिडियो निर्देशकको उपाधि हात पारेका हुन् ।

पाँचवटा नेपाल भाषाका भिडियोमध्ये पलख आसेबाट महर्जनले उत्कृष्ट भिडियो निर्देशकको उपाधि पाएका हुन् । उपाधि पाएपछि महर्जनले दर्शकको माया र प्रोत्साहन तथा परिवार, साथीभाइ र मिडियाकर्मीको सहयोगबाट यो सम्भव भएको बताए ।
प्रकाशित समय २२:४६ बजे

















