गृहपृष्ठ सेयर धितो कर्जामा लगानीकर्तालार्इ सहज

सेयर धितो कर्जामा लगानीकर्तालार्इ सहज

nepal-rastra-bank-newskarobar

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा खुकुलो व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बुधबार जारी मौद्रिक नीतिमार्फत सेयर कर्जामा मार्जिन कलको सीमा बढाएको हो ।

राष्ट्र बैंकको नीतिसँगै सेयर धितो राखेर ऋण लिने लगानीकर्तालार्इ राहत मिलेको छ । सेयर लोन लिँदा विगतमा बैंकहरूले १८० दिनको औसत मूल्यभन्दा १० प्रतिशत घटेपछि नै फोन गर्ने व्यवस्था रहेकोमा अब २० प्रतिशत घटेपछि मात्र ऋण तिर्न ताकेता गर्न पाउने भएका छन् ।

सीमा बढेसँगै सेयर बजार लगातार ओरालो लागेपछि बैंकहरुबाट सेयर धितो कर्जा लिएकाहरुलार्इ ‘मार्जिन कल’को पिरलोबाट केहीपछि राहत मिलेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार सेयर धितो कर्जाको अवधि एक वर्षको छ ।

 

मार्जिक लोनको सीमा बढेन

मौद्रिक नीतिमार्फत मार्जिक कलको सीमा घटाएको राष्ट्र बैंकले मार्जिन लोनको सीमा भने परिवर्तन गरेको छैन । बैंकहरूले हाल कुनै पनि कम्पनीको १८० दिनको औसत मूल्य र बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत सेयर कर्जा प्रवाह गर्ने गरेका छन् । लगानीकर्ताले मार्जिन लोनको सीमा बढाउन राष्ट्र बैंकलार्इ लिखित सुझाव दिएका थिए ।

प्रकाशित समय १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु