गृहपृष्ठ माेरङमा डुबेर दुई जनाको मृत्यु
माेरङमा डुबेर दुई जनाको मृत्यु
सांकेतिक तस्बिर
मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
यसैगरी सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ–९ महेश चोक बस्ने ७२ वर्षीय वृद्ध भीमबहादुर माझीको पनि मृत्यु भएको छ । बिहान घरबाट निस्केका माझी बिहिबार दिउँसो खोला किनारमा मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
प्रकाशित समय १५:४२ बजे

















