गृहपृष्ठ गोविन्द केसीलाई काठमाडौँ ल्याउने तयारी
गोविन्द केसीलाई काठमाडौँ ल्याउने तयारी
जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउने तयारी गरिएको छ । सत्तारुढ दलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नै केसीलाई काठमाडौँ ल्याउन पहल गर्ने भएको हो ।
केसीको स्वास्थ्यबारे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल रिपोर्टपछि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको नेकपा बैठकले उनलाई काठमाडौँ ल्याउने निर्णय गरेको थियो ।
वार्ता र सहमतिका लागि केही दिन लाग्ने भएकाले केसीलाई चिकित्सकको सुझाव अनुसारको अस्पतालमा राख्ने समझदारी भएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
डा.केसी चिकित्सा शिक्षा अध्यादेश अनुरूप सरकारले चिकित्सा शिक्षा विधेयक नल्याएको विरोधमा २० दिनदेखि अनसनमा छन् । केसीले विधेयक फिर्ता नभएसम्म जुम्लाबाट काठमाडौं नआउने अडान लिँदै आएका छन्।
प्रकाशित समय ०८:२२ बजे

















