गृहपृष्ठ कांग्रेसद्वारा प्रदेश ७ को संसद अवरूद्ध

कांग्रेसद्वारा प्रदेश ७ को संसद अवरूद्ध

pradesh-7-newskarobar.com

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ७ को संसद बैठक अवरुद्ध गरेको छ । शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले टेबुल ठोक्दै उठेर विरोध जनाएका हुन् ।

कांग्रेसको विरोधपछि सभामुख अर्जुनबहादुर थापाले कार्यव्यवस्था परामर्श समितिमा जानकारीविनै संसद् अवरुद्ध गरेको भन्दै तीनपटक आ–आफ्नो स्थानमा बस्न प्रतिपक्षी सांसदलाई आग्रह गरे । पटक-पटक आग्रह गर्दा पनि नमानेपछि सभामुख थापाले साउन ७ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

शुक्रबारको बैठकमा केही सांसदले शून्य समयमा बोल्ने र गाउँ तथा नगर सभा सञ्चालन गर्न बनेको विधेयकमाथि दफावार छलफलपश्चात् तयार पारिएको प्रतिवेदन पेस गर्ने कार्यसूची थियो । बैठक स्थगित भएपछि कांग्रेसका सांसद भरतबहादुर खड्काले सबै पार्टीको निर्णयअनुसार संसद अवरुद्ध गरिएको बताए ।

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु