गृहपृष्ठ डा. केसीका पक्षमा उभिए सम्पादकहरु
डा. केसीका पक्षमा उभिए सम्पादकहरु
त्रिभुवन शिक्षण अस्पतालमा अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै प्रमुख संचारमाध्यमका सम्पादकहरुले सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
विज्ञप्ति जारी गर्दै उनीहरुले चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले यस अघि राखेका मागमा सरकारले सहमति गरेर पनि कार्यान्वयन नगर्दा १५औं अनशन बस्नुपरेको उल्लेख छ । पटक–पटकको लामो अनशनले केसीको जीवन संकटमा परेको भन्दै उनका माग सम्बोधन गर्न सम्पादकहरुले सरकारसँग माग गरेका हुन् ।
‘पटक–पटकको अनशन र लम्बिदो उपक्रमले डा. केसीको जीवन नै संकटमा परेको छ । हामी डा.केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउँछौ । साथै उहाँका माग अविलम्व सम्बोधनका लागि जोडदार माग गर्दछौ ।’ विज्ञप्तिमा उल्लेख छ ।
कान्तिपुर, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका, नागरिकलगायत विभिन्न अनलाइन पोर्टलका सम्पादकहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय ०७:०५ बजे

















