गृहपृष्ठ प्रधानन्यायाधीशमा सिफारिस जोशीको सुनुवाइ बिहीबार
प्रधानन्यायाधीशमा सिफारिस जोशीको सुनुवाइ बिहीबार
संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीको सुनुवाइ बिहीबार गर्ने निर्णय गरेको छ । संसदीय सुनुवाइ विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइ बिहीबार गर्ने निर्णय गरेको हो ।
सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि आजैबाट छानबिन सुरु गरेको छ । मंगलबार उजुरीकर्तासँग छलफल गर्नेगरी समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानबिनको सुरु गरेको हो । जोशीविरुद्ध पाँचवटा उजुरी परेका छन् । उजुरीमाथि स्पष्टीकरण लिन समितिले मंगलबार अपराह्न उजुरीकर्तासँग छलफल गर्ने निर्णय गरेको छ ।
प्रकाशित समय २०:४१ बजे

















