गृहपृष्ठ इरानी राष्ट्रपतिको चेतावनी– मिस्टर ट्रम्प ! बाघको पुच्छर समाएर खेल्ने चेष्टा नगर्नुस्
इरानी राष्ट्रपतिको चेतावनी– मिस्टर ट्रम्प ! बाघको पुच्छर समाएर खेल्ने चेष्टा नगर्नुस्
ट्रम्को जवाफ– अब फेरि यस्तो धम्की नआओस्, परिणाम जस्तो पनि आउन सक्छ
अमेरिकाले शत्रुतापूर्ण नीति लिएको भन्दै इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धम्की दिएका छन् । रुहानीले आफूलाई नजिस्काउन भन्दै ट्रम्पलाई चेतावनी दिएका हुन् ।
रुहानीले भनेका छन्– ‘मिस्टर ट्रम्प ! तपाईं बाघको पुच्छर समाएर नखेल्नुस्, किनकि यसबाट पछुताउनेबाहेक अरु केही विकल्प बाँकी रहँदैन ।’ इरानी अखबार तेहरान टाइम्सका अनुसार इरानी कूटनीतिज्ञहरुलाई सम्बोधन गर्दै रुहानीले कसैले इरानलाई धम्काए आफूलाई सह्य नहुने बताए ।
इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत जवाफ दिएका छन् । अमेरिकालाई दोस्रोपटक धम्की नदिन ट्रम्पले रुहानीलाई सचेत गराएका छन् । पुनः त्यस्तै खालको धम्की इरानबाट आए त्यसको परिणाम नराम्रो हुने भन्दै ट्रम्पले पनि इतिहासमै कहिल्यै नभुल्नेखालको स्थिति आउन सक्ने धम्की दिएका छन् ।
थोरैमात्र राजनीति बुझ्नेले इरानको तेल निर्यात रोक्नेबारे बोल्न पनि नसक्ने भन्दै रुहानीले इरान समुद्री मार्गमा शान्तिको ध्वजावाहक भएको दाबी गरेका छन् । इरान कुनै पनि हालतमा समुद्री मार्ग बन्द गर्नुपर्ने बताइरहेको छ । यो मार्गमा इरानको नियन्त्रण छ ।
यसअघि इरानको इस्लामिक रिभोलुसनका नेता अयोतोल्लाह खमेनइले राष्ट्रपति रुहानीले ल्याएको अमेरिकाविरोधी नीतिको समर्थन गरेका थिए । त्यसपछि रुहानीले अमेरिकालाई चेतावनी दिएका हुन् ।
प्रकाशित समय २०:५६ बजे

















