गृहपृष्ठ प्रदेश सरकारको नीति कार्यक्रम सत्ता पक्षको बचाउ, प्रतिपक्षको आलोचना

प्रदेश सरकारको नीति कार्यक्रम सत्ता पक्षको बचाउ, प्रतिपक्षको आलोचना

प्रदेश ५ सरकारले आइतबार ल्याएको नीति कार्यक्रममाथि टीप्पणी शुरु भएको छ । सरकारले हतारमा ल्याएको नीति कार्यक्रम अपुरो भएको सरोकारवालाले टीप्पणी गरेका छन् । रिर्पाेटस् क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने सरोकारवालाले पार्टीको घोषणापत्र जस्तो नीति कार्यक्रमले जनतामा आशा जगाउन नसकेको बताए ।
प्रदेशसभा ५ का नेपाली कांग्रेस प्रमुख सचेतक सुरेन्द्र बहादुर हमालले निती तथा कार्यक्रम परम्परागत शैलीको रहेको बताए ।
पार्टि घोषण पत्र जस्तै छ, प्रतिपक्षको किन सुझाव मागिएन अहिले ६ वटा प्रदेश एउटै पार्टीका नेता छन् । चाहना भए काम गर्न कुनै अप्ठ्यारो छैन ’उनले भने । खेलकुदको क्षेत्रमा पनि नीति कार्यक्रम नबोलेको भन्दै आपत्ती जनाए । विश्लेषक डा आरसि आर्चायले नीति कार्यक्रमबाट आशाबादी नभएको बताए । उनले भने —पुरानो रक्सीमा नया बोतल जस्तै छ।’े‘ नम्बर प्रदेशमा बैद्धिक र अर्थशास्त्री धेरै छन् । सरकारले सल्लाह लिन कन्जुसाई गर्यो ।’जनता अव आस मात्रै होईन काममा बढि विश्वास गर्छन् उनले भने ।
प्राडा बुद्धबहादुर थापाले खास किटानै गरेर सरकारले कुनै बुदामा पनि खास योजना बनाएको नदेखेको बताए ।
उनी भन्छन्— पुरानै केन्द्र र स्थानीय तहले ल्याएका नीतिको मिसावट जस्तै छ ।’
भौतिक समस्या, आर्थिक समस्या थुपै छन् तर अरु प्रदेशको तुलनामा यहा“का नागरिक सम्बृद्धि बनाउनुपर्छ । उनले भने ।

पूर्व सभाषद तथा माओबादी केन्द्रका नेता बिनोद पहाडीले सरकारको सुस्तताले आशा नलागेको धारणा राखे । समृद्ध प्रदेश बनाउन सबै जुट्नुपर्ने बताए ।
निति कार्यक्रम र अव बजेटलाई हेर्दा धेरै आस गर्ने ठाउ“ छैन् । जनता बलियो बन्नेगरि नीति नआएको उनको भनाइ छ । उनले अव सघियताको विरोधमा बोल्नेलाई मसला बन्ने ठाउ“ बन्ने बताए ।
सक्षर प्रदेश बन्छः मन्त्री बराल
सामजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ लाई एक बर्षभित्रमा साक्षर प्रदेश बनाएरै छाड्ने बताए ।
दुई महिनाको लागि ल्याएका नीति अपुरो रहेको स्वीकार्दै उनले प्रदेशलाइ प्रदेशलाई छुवाछुत मुक्त क्षेत्र घोषण गर्ने बताए । स्रोत साधनको समित, कर्मचारी नआएको अवस्थाले पनि काम गर्न असहज भएको उनको ठहर छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष श्रेष्ठ भन्छन् —बजेट बनाउनका लागि नीति कार्यक्रम फस्ट स्टेप हुन्’
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले सरकार हतारोमा भएकाले नीति कार्यक्रम सक्दो राम्रो आएको दाबि गरे ।
‘अब यस्ले बजेट बनाउन फष्ट स्टेपको काम गर्छ, सम्भावित आधार तयार गरेको छ, सरकारको नयाँ संरचना भएकाले तत्काललाई प्रदेशले अबै आफ्नो श्रोत जुटाउन सक्दैन । उनले भने । ’
राजस्वको दायरा वढाउने, आन्तीक तथा वैदेशीक साहयता बढाउनुपर्ने बताए ।
हाम्री विकासशील देशमा धेरै ऋण हुन राम्रो हाईन् ,हाम्रो २४ प्रतिशत क्रृण छ ’
सम्भावनाको क्षेत्रलाई पहिचान गरेर लगानी बढाउनुपर्छ गतबर्ष १३ अर्व थियो अहिले १४ अर्व छ यो निकै उत्साहजनक हो ,श्रेष्ठले भने ।

फोरमका प्रदेश सांसदद्वय सहश्राम यादव र विजयबहादुर यादबले सरकारको निती तथा कार्यक्रम पनि पार्टिको घोषणा पत्र जस्तै भएको टीप्पण्ी गरे । नेपाली जनताले गरेको नया“ नेपाल जस्तो आएन, केन्द्र र स्थानीय तह प्रदेशको समन्वय अभाब छ । एमाले नेता तथा प्रदेश सांसद बिष्णु पन्थीले प्रदेश सरकारको प्रयासलाइ नराम्रो भन्न नमिल्ने बताए ।
पन्थी भन्छन्—‘ पहिलो अभ्यास भएकाले केहि कमी कमजोरी भएकोहोला तर सुधारेर ब्यापक छलपल गरेर अघि बढ्नुपर्छ’ ।उनले कृषिमा आर्कषण बढाउनुपर्ने भन्दै कित्ताकाट गरेर ब्यबसायीक बन्न नसकीने धारणा राखे । कार्यक्रम रिपोर्टर्स क्लव प्रदेश न ५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रकाशित समय २२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु