गृहपृष्ठ डा. केसीका प्रतिनिधिसँग बालुवाटारमा वार्ता सुरू
डा. केसीका प्रतिनिधिसँग बालुवाटारमा वार्ता सुरू
अनसनरत डा गाेविन्द केसीका प्रतिनिधि र सरकारबीचकाे वार्ता बालुवाटारमा सुरू भएकाे छ ।
डा. गाेविन्द केसीका प्रतिनिधी अभिषेकराज सिंहले दिएकाे जानकारी अनुसार हिजाे रातभरकाे गृहकार्य लगत्तै बिहिबार दिउँसाे पुनः वार्ता सुरू भएकाे हाे । हिजाे दिउँसाे भएकाे वार्ता भाँडिएपछि डा. केसीका प्रतिनिधी मध्यराती प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
बालुवाटारमा विहान २ बजेसम्म छलफल भएकाे थियाे । राति साढे ११ बजे बालुवाटार पुगेका केसीका प्रतिनिधीसँग प्रधानमन्त्री केपी शर्मा अाेलीले बिहान २ बजेसम्म छलफल गरेका थिए ।
साे समयमा चिकित्सा शिक्षाा विधेयकका विषयमा छलफल भएकाे डा. केसीका प्रतिनिधी सिंहले न्युज काराेबारलार्इ जानकारी दिए । बुधबार दिउँसाेकाे वार्ता फलदायी नभए पनि रातिकाे वार्ता सकारात्मक भएकाले अाज सहमति हुनसक्ने अनुमान गरिएकाे छ ।
प्रकाशित समय १३:०५ बजे

















