गृहपृष्ठ अपडेट : काठमाडाैंबाट पाेखरा जाँदै गरेकाे बस त्रिशूलीमा खस्याे

अपडेट : काठमाडाैंबाट पाेखरा जाँदै गरेकाे बस त्रिशूलीमा खस्याे

accident-newskarobar फाइल तस्बिर

शुक्रबार दिउँसो सबा १२ बजे काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशुलीमा खसेको छ ।
चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठोरले दिएको जानकारी अनुसार बस सडकबाट ५०–६० मिटर तल खोलाको किनारमा पुगेको छ ।

दुर्घटनामा परी घाइटे भएका १२ जनभन्दा बढीलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र ट्रफिक प्रहरी उद्धारमा जुटेको एसपी राठोरले न्युज कारोबारलाई जानकारी दिए ।

ना ६ ख २५०६ नम्बरकाे बस चितवनकाे इच्छाकामना गाउँपािलकाकाे तुम्लिङटार सडकखण्डबाट त्रिशुलीमा खसेकाे प्रहरीले जानकारी दियाे ।

प्रकाशित समय १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु