गृहपृष्ठ प्रदेश ७ को स्थायी राजधानीका लागि अत्तरिया र दिपायलको चर्चा

प्रदेश ७ को स्थायी राजधानीका लागि अत्तरिया र दिपायलको चर्चा

स्थायी राजधानी र नामकरणका लागि विशेष सुझाव समिति गठन

budget pradesh 7-newskarobar

 

प्रदेश ७ को स्थायी राजधानी र नामकरणका लागि विशेष सुझाव समिति गठन भएको छ । झन्डै एक महिनाअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सभा सञ्चालन भएको लामो समय बितिसक्दा पनि स्थायी राजधानी र नामबारे छलफल नभएको भन्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।

सोमबारको संसद बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशको स्थायी राजधानी तोक्न र नामकरणका लागि प्रतिवेदन पेस गर्न सांसद तारालामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय विशेष सुझाव समिति गठन गरिएको जानकारी दिए । समितिमा प्रदेश सांसद प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, श्यामलाल राना र चुनकुमारी चौधरी सदस्य छन् ।

समितिमा रहेका श्यामलाल राना कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुन् भने अन्य नेकपाबाट निर्वाचित सांसद हुन् । समितिलाई साउन २१ गतेभित्र सरोकारवाला सबै पक्षसँग छलफल गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको पनि सभामुख थापाले बताए ।

समिति संयोजक तामाङले सभामुखसँग परामर्श गरी कार्यविधि तयार गर्ने बताए । ‘तोकिएको समयभित्र सरोकारवाला सबै पक्षसँग छलफल गरी विवादरहित स्थान र नामकरणसहित प्रतिवेदन पेस गर्ने प्रयत्न गर्नेछौं,’ उनले भने । हाल प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीमा छ । स्थायी राजधानीका लागि कैलालीकै अत्तरिया र डोटीको दिपायलको पनि चर्चा चलेको छ ।

प्रकाशित समय १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु