गृहपृष्ठ पत्रकार महेश राणाको ‘महागुरु’ लोकार्पण
पत्रकार महेश राणाको ‘महागुरु’ लोकार्पण
पत्रकार एवं साहित्यकार महेश राणाको पुस्तक ‘महागुरु’ विमोचन गरिएको छ । एबीसी टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत राणाको ‘महागुरु : काल भैरवसँगको संवार्ता’ शनिबार सार्वजनिक गरिएको हो ।
डा. ध्रुवेशचन्द्र रेग्मीको सितारमा भैरव आराधनाबाट सुरु भएको विमोचन पूर्णरुपमा तान्त्रिक प्रक्रियाको बीचमा श्री कालभैरवको प्रतिरुपद्वारा गरिएको थियो । नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा सूर्य नेपालका उपाध्यक्ष रवि केसी, सिटिजन्स बैंकका सीइओ राजनसिंह भण्डारी, फिसटेल एयरका अध्यक्ष विकास राणा, आनका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’, इ–क्यानका अध्यक्ष विष्णुहरि पाण्डे, नायक निखिल उप्रेती, अस्ट्रेलियन हार्वर इन्टरनेसनल कलेजका अध्यक्ष सुमन भेटवाललगायतको उपस्थिति थियो ।
आध्यात्मिक विषयवस्तु समेटिएको पुस्तकमा नौ उपशीर्षक छन् । लेखक राणाले मानिसको भौतिक अवस्थालाई कसरी आध्यात्मिक बनाउने भन्ने विषयमा भगवान कालभैरवसँग गरेको अन्तर संवादलाई पुस्तकमा उतारेका छन् । पुस्तक पिनाकल पब्लसकेसनले बजारमा ल्याएको हो ।
प्रकाशित समय २२:३४ बजे

















