गृहपृष्ठ टाटा सुमो गोल्ड जिप नेपाली बजारमा

टाटा सुमो गोल्ड जिप नेपाली बजारमा

tata-sumo-

 

सिप्रदी ट्रेडिङले युवालाई लक्षित गरी निःशुल्क तालिम र रुटको व्यवस्थासहितको टाटा सुमो गोल्ड जिप नेपाली बजारमा ल्याएको छ । सिप्रदीले टाटा सुमो गोल्ड जिपमा ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, एक वर्षको बिमाको सुविधा दिने भएको छ । सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि ग्राहकले सुमो पाउने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदीले ‘आफ्नो गाडी आफैं सवारी’ नामक व्यावसायिक अभियान सुरु गरेको हो । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालीलाई विदेश जान रोक्न र विदेशबाट आएकाले पनि सो अभियानमा भाग लिएर मासिक १ लाख रुपैयाँसम्म कमाउन सकुन भन्ने उद्देश्यले अभियान सुरु गरिएको बताए । ‘अभियानमा २०० भन्दा धेरै सहभागी गराउने लक्ष्य लिएका छौं,’ उनले भने । अभियानका लागि कम्पनीले पत्रकार रवि लामिछानेलाई ब्रान्ड एम्बेस्डर बनाएको छ ।

हाल नेपालमा टाटाका ५७ वटा वर्कसप, ४५ वटा सोरुम र २४ वटा मोबाइल भ्यान सञ्चालमा छन् । कम्पनीले मोबाइल वर्कसप पनि सञ्चालनमा ल्याउने जनाएको छ । नेपालका ७० भन्दा बढी रुटमा ५ हजार टाटा सुमो सञ्चालनमा छन् ।

प्रकाशित समय २२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु