गृहपृष्ठ महरलाई कार्ययोजना पेस गर्न १० दिनको समय, नगरेमा कार्यसमिति खारेज हुने

महरलाई कार्ययोजना पेस गर्न १० दिनको समय, नगरेमा कार्यसमिति खारेज हुने

nainsingh-newskarobar

 

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई नेविसंघको १२ औं महाधिवेशनको कार्ययोजना पेश गर्ने समय दिइएको छ । कांग्रेस नेता डा. रामशरण महतको संयोजकत्वमा गठित समितिले अध्यक्ष महरलाई १० दिने अल्टिमेटम दिएको हो ।

उक्त अल्टिमेटम अनुसार अध्यक्ष महरले आगामी भदौ २ भित्रै महाधिवेशन गर्ने कार्ययोजना प्रस्तुत गर्नुपर्ने भएको छ । तोकिएको समयावधिमा कार्ययोजना पेश गरेमा कार्यसमितिको म्याद तीन महिना थप्ने सहमति भएको जनाइएको छ ।

विधान अनुसार नेविसंघको कार्यसमितिको म्याद २ वर्ष हुन्छ । त्यो समय नैनसिंह महर नेतृत्वको कार्यसमितिले पूरा गरिसकेको छ । त्यसै गरी विशेष परिस्थितिमा थप ३ महिनाको समयावधी कार्यसमितिले पाउने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार तोकिएको अवधिमा महरले कार्ययोजना पेश गरेमा ३ महिना समयावधि थप गर्ने सहमति भएको हो । तर, उक्त समयभित्र महरले कार्ययोजना प्रस्तुत गर्न नसकेको खण्डमा भने नेविसंघको कार्यसमिति स्वतः खारेज हुने सहमतिसमेत भएको छ । महरको कार्यशैलीसँग असन्तुष्ट पक्षले उनले महाधिवेशन गर्न नचाहेको आरोप लगाउँदै आएका छन् ।

 

याे पनि पढ्नुहाेस् :

महरको कार्यकालमा उपलब्धी कम विवाद धेरै

कसरी निरासामा परिवर्तन भयो नेविसंघको त्यो उत्साह ?

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु