गृहपृष्ठ राष्ट्रिय सभाका समिति सभापितकाे निर्वाचन मिति सारियो

राष्ट्रिय सभाका समिति सभापितकाे निर्वाचन मिति सारियो

Rastriya-sabha_newskarobar

 

राष्ट्रिय सभाका समितिहरुको निर्वाचनको मिति सरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिहिबारको बैठकमा समितिका सभापतिहरुको निर्वाचनको मिति विशेष कारणबस सारिएको जानकारी गराएका हुन् ।

नयाँ निर्धारित मिति अनुसार तिमल्सिनाका अनुसार आगामी भदौं १३ गते बिहान ११ बजे समिति सभापतिका लागि निर्वाचन हुनेछ । यसअघि निर्वाचनको मिति भदौ ३ गतेका लागि निर्धारण गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय सभामा सरकारले अपराध पीडित संरक्षण विधेयक, २०७५ पेस गरेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेका हुन् । मन्त्री ढकालले विधेयक पेस गर्दै पीडितको हक संरक्षण, क्षतिपूर्ति र समाजमा पूनःस्थापित हुन विधेयकले मद्दत पुर्याउने बताए ।

राष्ट्रियसभाको अर्को बैठक भदौ ४ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित समय १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु