गृहपृष्ठ चेल्सी इङ्लिस प्रिमियर लिगको शिर्ष स्थानमा
चेल्सी इङ्लिस प्रिमियर लिगको शिर्ष स्थानमा
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा आर्सनललाई ३–२ ले पराजित गर्दै चेल्सीले दोस्रो जित हात पारेको हो । चेल्सीका लागि पेद्रो, मोराटा र ओलोन्सोले गोल गरेका थिए ।
२ खेलबाट ६ अंक बनाउँदै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनका लाग म्खित्र्यानल र इवोभीलले गोले गरेका थिए । त्यस्तै अन्य खेलमा टोटनह्याम र वर्नमाउथले पनि दोस्रो जित हात पारेका छन् ।
टोटनह्यामले फूलह्यामलाई ३–१ र वर्नमाउथले वेस्टह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको छ । त्यस्तै एभर्टनले साउथह्याम्पटनलाई २–१ र लेस्टरसिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले पराजित ग¥यो ।
कार्डिफ सिटी र न्यूकासल युनाइटेडबीचको खेल भने बराबरीमा राेकिएकाे छ । लिग अन्तर्गंत आइतबार राति तीन खेल हुँदै छ । म्याचनेस्टर युनाइटेड र ब्राइटन, बर्नले र वार्टफोर्ट, म्यानचेस्टर सिटी र हडर्सस् फिल्ड भिड्ने छन् ।
प्रकाशित समय ०८:२४ बजे

















