गृहपृष्ठ माछा मार्ने क्रममा दुई बालिकाको मृत्यु

माछा मार्ने क्रममा दुई बालिकाको मृत्यु

 

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका दुई बालिकाको माछा मार्ने क्रममा मंगलबार दोदा नदीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया अञ्जली चौधरी र १० वर्षीया माला राना छन् । साथीसँगै माछा मार्न गएका दुवै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । मृतक दुवै बालिकाको शव आफन्त जिम्मा लगाइएको छ ।

रासस

प्रकाशित समय २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु